Google

Tuesday, February 19, 2008

जीवा ल्होछार ले सहमति बनाओस् यति बेला माहोल ल्होछारको छ । लाखौ लाख तामाङ दाजु भाई तथा दिदी बहिनीहरु भने ल्होछार मनाउन ु पर्छ भन्नेहरुमा चेतनागत भावना बढेको छ । तामाङ संघ सस्थाहरुभने कोही माघ शुक्ल प्रतिपदाको सोनाम ल्होछार भब्यताका साथ मान्ने तयारी गरिरहेका छन् । कोही तामाङ संघ-संस्थाहरु सोनाम ल्होछार हाम्रो ल्होछार होइन - माघ शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होछार पो हो भनि प्रचारप्रसारमा ब्यस्त छन् । तर , दुबै कुराहरुको सन्देश गाउँ घरका ताम्बा , गान्बा , बोन्बो , म्हेमे , माम , आस्याङ , आङीलाई भने पत्तो छैन । उनीहरु मध्य कोहीले त पौष शुक्ल पू र् णि मा त कोहीले माघ १ गते नै ल्होछार मनाइसकेको छ । तर शहरबजारमा तामाङ विद्वान , समाजसेवी , संघसंस्थाहरुको अगुवाइ र नेतृत्वमा जतिसुकै धुमधामका साथ मनाएपनि ल्होछार पर्व शुभारम्भ संगसंगै बादविवादहरु आउने गरेको छ । तर समाधान भने हुन सकेको छैन ।

No comments: